बाल गायक हिमेशको ह्रदय स्पर्शी म्युजिक भिडियो सार्बजानिक [भिडियो सहित]

काठमाडौं, २७ श्रावन / उदयमान बाल गायक हिमेश तामाङ्गको ‘टुहुरो २’को ह्रदय स्पर्शी म्युजिक भिडियो सार्बजनिक भएको छ। बाल गायक तामाङ्गले गाएको गीत ‘टुहुरो २’को म्युजिक भिडियोमा आफैँले टुहुरो बनेर अभिनय पनि गरेका हुन् । उक्त सार्बजनिक भिडियोमा  सडक बालबालिकाहरुको दर्दानाक पिडालाइ समेत देखाइएको छ ।

प्रशान्त पौडेलले निर्देशन गरेको यस भिडियोमा शब्द सङ्गीत पनि आफैँले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । उक्त गितको भिडियोमा बाल गायक तामाङ्गले ह्रदय स्पर्शी अभिनय गरेका छन् । सार्बजनिक भिडियोलाई बासु बरालले उत्कृष्ट छांयाङ्कन गरेका छन्।

यसअघि प्रशान्तको ‘टुहुरो’ बोलको गीत हिट भएको थियो । पहिलो भागको सफलतापछि आफुले अझै मेहनत गरेर यो गीत तयार गरेको निर्देशक पौडेलले अरुण पोष्ट डट कमलाई बताएका छन् । यो भिडियो गोरेटो ईन्टरटेन्मेन्टको युट्यूव च्यानलमा उपलब्ध छ ।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 


प्रतिक्रिया दिनुहोस्