गायक तथा संगितकार सर्जक खनालको “पलपलमा तिम्रो याद” सार्वजनिक ( भिडियो )

काठमाडौँ / गायक तथा संगितकार सर्जक खनालको पलपलमा तिम्रो यादु बोलको गित सार्वजनिक भएको छ। बिशेष गरी यो गित परदेश जानुको पीडालाई समेटेर तयार पारिएको छ । उक्त गीत केही दिनअघि यूट्यूब मार्फत सार्वजनिक भएको हो।

गीतमा शब्द तथा संगीत पनि गायक खनालकै रहेको छ भने राजिव शाहले गीतको एरेन्ज गरेका छन्। रघु बराल र सम्झना खनालको अभिनय रहेको उक्त गीतलाई सुरेश घोन्डे गुरुङले निर्देशन गरेका हुन्। पछिल्लो समय रोजगारका लागि नेपालीहरु आफ्नो परिवारलाई छोडेर विदेशीनु पर्ने बाध्यतालाई यो गीतले सुन्दर ढंगमा प्रस्तुत गर्न खोजेको छ। अमेरिकामा रहेका भुट्निज समुदायमा गीत संगीतको वहार नै आएको छ । शिविरमा हुँदा प्रतिभा भएर पनि स्रोतको अभावमा रहरहरू खुम्च्याएका उनीहरू यतिबेला स्रोत जुटाउँदै रहर पूरा गर्दैछन् ।
यो रहर पूरा गर्ने क्रममा युट्युवले सहज निकास दिएको छ । मूलधारका मिडियाबाट नयाँ प्रतिभाहरूलाई त्यति सहज पहुँच नहुने हुनाले यो वैकल्पिक बाटो मिलेको छ । अनि प्रचारका लागि पनि फेसबुकजस्तो सामाजिक सञ्जाल हाजिर भएको छ ।

भिडियो

 


प्रतिक्रिया दिनुहोस्