साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले साविक विजेता बंगलादेशको सामना गर्दै

काठमाडौं, साउन २८,/ साफ यू–१५ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज साविक विजेता बंगलादेशको सामना गर्दैछ । भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ ।

समूह ‘बी’ बाट दुवै टोली सेमिफाइनलमा पुगिसकेका कारण आजको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ ।
बंगलादेशले पाकिस्तानमाथि १४–० को फराकिलो जित दर्ता गर्दा नेपालले पनि पाकिस्तानलाई ४–० को अन्तरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको थियो । दुई हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिसकेको छ । बंगलादेशलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त छ भने नेपाललाई समूह विजेता बन्न निश्चित जित आवश्यक छ ।

बराबरी भएमा दुवै टोलीको समान ४ अंक पुगेपनि बंगलादेश गोल अन्तरमा समूह विजेता बन्नेछ । आजै भारत र भुटानबीच दिउसो ४ बजे खेल हुनेछ ।

यि दुई टिमबीचको विजेता समूह ‘ए को विजेता बन्नेछ । समूह ‘ए’ मा भारतले श्रीलंकामाथि १२–० को तथा भुटानले पनि श्रीलंकामाथि ६–० को सहज जित निकालेर सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । बंगलादेश साविकको विजेता हो भने, भारत उपविजेता हो । सेमिफाइनलका खेलहरु १६ अगस्टमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्