हाजार्डलाई नेइमारभन्दा बढी रकम खर्चिन रियल मड्रिड तयार

बर्नबेउ / रियलले यसअघि पिएसजीका फ्रेन्च स्टार केलियन एमबाप्पे र पिएसजीका ब्राजिलियन स्टार नेइमार भित्र्याउन नसक्ने भएपछि चेल्सीका बेल्जियन स्टार इडेन हाजार्डमाथि आँखा लगाइरहेको छ ।

 

ला लिगामा अझै पनि खेलाडी सरुवा बजार खुला रहेकाले रियल मड्रिडले नयाँ स्टार खेलाडीका लागि प्रयास गरिरहेको छ ।   रियल अहिले बेल्जियन स्टारका लागि २ सय मिलियन युरोभन्दा बढी रकम खर्चिन तयार भएको छ । पछिल्ला खबरअनुसार रियल हाजार्डलाई पिएसजीका नेइमारभन्दा पनि महँगो खेलाडी बनाएर बेर्नाबेउ भित्र्याउन तयार देखिएको छ ।

अधिकांश इंग्लिस खेल मिडियाले रियल हाजार्डका लागि २ सयदेखि २ सय ३० मिलियन युरोसम्म खर्चिन तयार रहेको खबर छापेका छन् । यदि रियलले उक्त रकम तिरे त्यो नेइमारका लागि पिएसजीले खर्चेको भन्दा बढी हुनेछ ।

स्पेनका केही मिडियाले पनि रियल सरुवा बजारमा ठूलो फड्को मार्ने कसरतमा लागेको दाबी गरेका छन् । प्रकाशित समाचारअनुसार रियलले हाजार्डलाई दीर्घकालीन रूपमा मुख्य खेलाडीका रूपमा भित्र्याउन चाहेको छ । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्