साफ यू १५ महिला च्याम्पियनसिपमा बंगलादेश समूह विजेता, नेपालले भारतको सामना गर्ने

काठमाडौं /  यू १५ महिला च्याम्पियनसिपमा सोमबार बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा भारतको सामना गनेछ ।

समूह विजेता बंगलादेशले अको सेमिफाइलमा भुटानको सामना गर्नेछ । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा अरु २ गोलको सामना गने परेको थियो । तोहुरा खातुनको गोलबाट पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको बंगलादेशको लागि मारिया मन्दाले ५१ औं मिनेटमा गोल थपिन् ।साजेदा खातुनले ६७ औं मिनेटमा नेपालविरुद्ध तेस्रो गोल गरेकी थिइन् ।

यो खेलअघि नै नेपाल र बंगालदेश अन्तिम चारमा पुगिसेका थिए । दुवैले पाकिस्तानलाई हराएका थिए । बंगलादेशले १४-० र नेपालले ४-० ले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेका थिए । बंगलादेश प्रतियोगिताको साविक विजेता हो । आजै भएको अर्को खेलमा भुटानलाइ १–० ले हराउँदै भारत समूह एको विजेता बनेको थियो । भुटान पनि समूह उपविजेताका रुपमा यसअघि नै अन्तिम चारमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्