मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी, भारतीय भूतपूर्व सैनिक क्याम्पमा बम बिष्फोट

काठमाडौँ, २९ साउन / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।
आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ। त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भारतीय भूतपूर्व सैनिक क्याम्पमा बम बिष्फोट

नेपाल बन्दको पूर्व सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ ।

बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति भएको छ । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल बहादुर मल्लले शौचालयमा धेरै क्षति भएपनि मानविय क्षति नभएको बताएका छन । बिष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताए । डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए । विप्लव समुहका कार्यकर्ताले विस्फोट गराएको प्रहरीको आशंका छ ।


प्रतिक्रिया दिनुहोस्