स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थी घाइते

काठमाडौँ, २९ साउन /  पाल्पामा स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थी घाइते भएका छन् ।
मंगलबार बिहान तानसेन–८ पाल्पामा रिभर भ्याली बोर्डिङ स्कुलको लु १ ख १५५८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ३ जना विद्यार्थीको हात भाँचीएको छ भने एक जनाको टाउकोमा चोट लागेको छ । बसमा २७ जना विद्यार्थी रहेका थिए ।
घाइतेहरुलाई उपचारका लागि लुम्बीनी मेडिकल कलेजमा ल्याईदैछ । बसमा २७ जना विद्यार्थी रहेका थिए दुर्घटनाको कारण खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्