हेलिकप्टरको पंखाले लाग्दा एकको मृत्यु

काठमाडौं साउन २९ / मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पछाडीको पंखाले काट्दा भारतीय नागरिक कार्तिक मेहताको मृत्यु भएको छ।


हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि ओर्लिने क्रममा मेहता अगाडि जानुपर्ने ठाउँमा पछाडितिर गएका थिए। गलत दिशातिर जाँदा हेलिकप्टरको पछाडिको पंखाले उनलाई लागेको प्रहरीले जनाएको छ। हेलिकप्टरको पनि पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस्