रणवीर–दीपिकाको विवाह पक्का, लगनगाँठो इटालीमा हुने

काठमाडौँ २९ साउन / बलिउडका स्टार अभिनेता राणवीर सिंह र अभिनेत्री दीपिका पादुकोनबीच विवाह हुने पक्का भएको छ। उनीहरुले आउँदो नोवेम्बर २० गते इटालीमा विवाह गर्ने भएका हुन्। रणवीर र दीपिकाले विवाहको तयारी थालिसकेको भारतीय मिडियाले जनाएका छन्। उनीहरुको वैवाहिक कार्यक्रममा जम्मा ३० जना पाहुनाहरुलाई बोलाउने भएका छन्।


स्रोतका अनुसार यी दुईको विवाहका लागि इटालीको एक पार्टी प्यालेससमेत पक्का गरिसकिएको छ। यसअघि इटालीमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटलीमा विवाह गरिसकेका छन्। दीपिकाले आफ्ना नजिकको आफ्न्तहरुलाई इटाली बहुतै मनपर्ने बताउँदै आएकी थिइन्। त्यसैले उनले आफ्नो विवाहको कार्यक्रम पनि इटालीमै गर्ने योजना बनाएको स्रोतले जनाएको छ।

विवाहको मिति पक्का भएपछि उनीहरुलाई बधाइ र शुभकामनाको ओइरो लाग्न थालेको छ। उनीहरुलाई सबैभन्दा पहिलो बधाइ कबिर बेदीले दिएकी थिइन्।
उनीहरुले इटालीमा विवाह गरे पनि पार्टी भने मुम्बइमा दिने पनि स्रोतले जनाएको छ। २०१३ बाट डेटमा रहेका यो जोडीले औपचारिक रुपमा अहिलेसम्म पनि सम्बन्ध स्वीकार गरेको छैन।


प्रतिक्रिया दिनुहोस्