रियलका डिफेन्डर अल्भारोले सुपर कप नखेल्ने

मङ्लबार, साउन २९, / म्यदिर्द  ( एजेन्सी )  – युईएफा सुपर कप अन्तर्गत एटलेटिको म्याड्रिडविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला अनुपस्थित हुने भएका छन् । यसै सिजन रियल म्याड्रिड आएका उनले सामने चोट बोकेका कारण छनोटका लागि उपलब्ध नहुने भएका हुन् ।


रियल सोसीडाडबाट रियल भित्रिएका डिफेन्डर अल्भारोले प्रतिस्पर्धात्मक डेब्युका लागि अझै केहि समय कुर्नुपर्ने भएको छ । गत सिजनको च्याम्पियन्स लिग र युरोप लिग विजेता टोलीबीच हुने खेल यसपटक इस्टोनियाको टाल्लिन सहरमा हुँदैछ । रियलका नवनियुक्त प्रशिक्षक जुलेन लोपेटेगुईले पनि यसैखेल मार्फत आफ्नो औपचारिक सुरुआत गर्दैछन् ।

रियल म्याड्रिडले खेलको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै राइट ब्याक अल्भारोको दायाँ खुट्टामा समन्य चोट लागेका कारण खेल्न नसक्ने बताएको छ । यद्यपी उनले त्यसपछिका खेलमा भने छनोटका लागि उपलब्ध हुने सम्भावना बढी छ । अल्भारो रुसमा सम्पन्न विश्वकपका लागि स्पेनको राष्ट्रिय टोलीमा छनोट भएका थिए । उनले उमेर समूहमा पनि स्पेनको राष्ट्रिय टोलीका लागि खेल्दै आएका छन् ।

एटलेटिकोले पनि बुधबारको खेलका लागि इस्टोनिया जाने टोलीको छनोट गरिसकेको छ । यसै ट्रान्सफर विन्डोमा म्याड्रिड आएका थोमस लेमार, रोड्रीगो, निकोला कालिनिच, जेल्सन मार्टिन्स र सान्टियागो अरियास सबै टोलीमा अटाएका छन् । यसबाहेक स्टार खेलाडी एन्टोइन ग्रिज्मन लगायत पनि टोलीमा रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्