इटलीमा सय मिटर अग्लो पुल भत्कियो, १२ भन्दा बढीको मृत्यु

साउन २९, / इटालीमा सवारी साधन चल्ने सय मिटर अग्ला पुल भत्किदा १२ भन्दा बढीको मृत्यु भएको छ।


उत्तरी शहर जिनोवामा अवस्थित सो पुल पुरानो भएको कारण भत्किएको आशंका गरिएको छ। घटना स्थानीय समयअनुसार मध्यान्न १२ बजे भएको हो, मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

सय मिटर पुल माथिबाट दर्जनौ कारहरु खसेका छन्। पुलले किचेर कैयौको ज्यान गएको आशंका गरिएको छ। मृतकको खोजी कार्य तथा घाइतेलाई उद्धार कार्य यतिबेला तीब्र गतिमा जारी राखिएको छ। घटना पश्चात इटालीका यातायात मन्त्री डेनिलो टोनीनेलीले यस दुर्घटनालाई दुखद क्षणको संज्ञा दिएका छन्। त्यो पुल ५८ वर्षअघि सन् १९६० मा निर्माण भएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्