स्वीडेनमा अराजक समुहद्धारा ८० वटा कारमा आगजनी

साउन २९ / युरोपेली मुलुक स्वीडेनमा अराजक समुहले ८० वटा कारमा आगजनी गरेको छ। ‘ब्ल्याक क्लाड युथ’ नाम गरेको अराजक समुहले सोमबार राति दर्जनौ कारमा आगजनी गरेको हो। बीबीसीका अनुसार ती युवाहरुले स्थानीय समय अनुसार रातको ९ बजेदेखि कारमा तोडफोड र आगजनी सुरु गरेका थिए।

पश्चिमी शहर गोथेनबर्गमा तोडफोड र आगजनी अत्यधिक भएको जनाइएको छ। अनुहार छोपेका अराजक युवाहरुले कार तोडफोड गर्ने क्रममा प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए। प्रहरीले घटनामा संलग्न केही युवाहरुलाई पहिचान गरी अनुसन्धान सुरु गरेको छ। घटनाको उद्देश्य खुल्न सकेको छैन।

घटनापछि स्वीडेनका प्रधानमन्त्रीले सरकारी रेडियोबाट सम्बोधन गर्दै ती अराजक युवाहरुलाई ‘आखिर के का लागि तिमीहरु यी घटना गर्दैछौरु’ भन्ने प्रश्न गरेका छन्। सन् २०१३ मा समेत यस्तै घटना भएको थियो। उतिबेला त्यसबेला आप्रवासी सम्बन्धी गलत नीति, रोजगारको अभाव र धनी गरिब सम्बन्धी अस्पष्ट नीतिलाई लिएर युवाहरु आतंकित बनेका थिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्