‘सेनाको बन्दुकको नालमा पनि कलम चलाएको पत्रकारितालाई कुनै ऐनले रोकिन्न : मन्त्री मगर

 काठमाडौं ,२९ साउन, / खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भदौ १ गतेदेखि लागू हुने मुलूकी संहिताले पत्रकारलाई समाचार लेख्न नरोक्ने बताएकी छन् । ‘सेनाको बन्दुकको नालमा पनि कलम चलाएर आएको नेपाली पत्रकारितालाई कुनै ऐनका कारण रोकिन्न ।’

भदौ १ गतेदेखि लागू हुने ऐनले पत्रकारितालाई अस्तव्यस्त नभएर सुदृढ बनाएर लैजाने उनले विश्वास व्यक्ति गरिन । ‘नयाँ ऐनले पत्रकारिता जगतलाई अवरोध होइन सिर्जनात्मक सहयोग गर्नेछ’, मन्त्री मगरले भनिन्, ‘पत्रकारिता जगतलाई अस्तव्यस्त होइन कि अझ सुदृढ बनाएर लैजानेछ ।’ मुलुकी संहितामा अनुमतिविना कुराकानी रेकर्ड गर्न र फोटो खिच्नेलाई समेत कारबाहीको व्यवस्था गरिएकोमा सञ्चार क्षेत्रले विरोध जनाउदै आएका छन्।

ललितपुरमा आयोजित दैनिक न्यूज डटकमको वार्षिकोत्सव कार्यक्रमलार्इ सम्बोधन गर्दै मन्त्री मगरले स्थानीय तहले लिन थालेको करको विषयलाई जोडेर संघीयता नै टिक्ने कि नटिक्ने भन्ने बहस गर्नुको कुनै औचित्य नरहेको बताइन् ।
केहीले कमजोरी गरे होलान तर, गाउँ गाउँमा सरकार पुगेको बेला संघीयता नै ठीक भएन कि भनेर अपव्याख्या गर्न खोजिदैछ’, उनले भनिन्, ‘यसतर्फ सबै सचेत हुनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्