जापानसँग नेपाल पराजित

काठमाडौं/  यु–२३ अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा जापानसँग  नेपाल  १–० ले पराजित भएको छ ।


यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्स र सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग समान ५–० ले पराजित भएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल ४–० ले पराजित भएको थियो ।

आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । समूह ‘डी’ मा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु छिट्टै सुरु भएको हो , थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर नेपाली टोली एसियाडका लागि इन्डोनेसिया पुगेको हो ।

 


प्रतिक्रिया दिनुहोस्