एसियाकै उत्कृष्ट टोलीविरुद्ध ,सबैले मिहिनेत गर्यौं – कप्तान चेम्जोङ

काठमाडौं /  एसियाली खेलकुदको फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भयो । प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली जापानविरुद्ध रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान चेम्जोङले निर्णायक भूमिका खेले ।


सिनियर खेलाडीको रुपमा तीन जना समावेश गर्न पाउने प्रावधान अनुसार किरणसँगै विशाल राई र रोहित चन्द पनि टोलीमा रहेका छन् । दुवै खेलाडीले मिडफिल्डमा अपेक्षाकृत प्रदर्शन गरे ।

कप्तान किरणले जापान जस्तो एसियाकै उत्कृष्ट टोलीविरुद्ध सबैको मिहिनेतले नतिजा अाएको बताए । जापान एसियाको पावरहाउस नै हो । तर हामी सबैले मिहिनेत गर्यौं,’ उनले भने, ‘ खेलको सुरुवाती मिनेटमा गोल खाएपनि हामी हतास भएनौं । धैर्य राख्दै अाफ्नो योजनाअनुसार खेल्न सफल भयौं ।’ उनले यस अनुभवले अन्य खेलमा सघाउ पुग्ने बताए ।

नेपालले बिहीबार दोस्रो खेलमा भिएतनामसँग खेल्नेछ । तेस्रो तथा समूहको अन्तिम खेल अाइतबार पाकिस्तानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्