फक्ताङलुङ गाउपालिको ईखाबुमा पहिरो जांदा १ घर पुर्णरुपमा ध्वस्त, ३ घर उच्च जोखिममा,

काठमाडाौ साउन ३० / गएरातीको बर्षाका कारण ताप्लेजुङको  फक्ताङलुङ गाउपालिका वडा नं ४ को ईखाबुमा पहिरो जांदा १ घरमा क्षती पुगेको छ भने ३ घर जोखमीममा परेका छन ।

पहिरोका कारण ३ ओटा बाख्रा पुरीएर मरेका छन भने ४ बाख्रा र एक हल गोरु पनी घाईते भएको छ । गएराती १२ बजेको समयमा ईखाबु स्थित सिरीवी भन्ने स्थान बाट आएको पहिरोले जमनसिं तामाङको घर पुर्ण रुपमा क्षती पुगेको स्थानीय राजकुमार तामाङले बताउनुभयो । लालबहादुर तामाङको २ ओटा, देवराज गुरुङको १ बाख्रा मरेको र एकहल गोरु पहिराले पुरेको अवश्थामा निकालीएको हो । स्थानीय देवराज तामाङ, टेकबहादुर तामाङ, लालबहादुर तामाङ, तिलमान तामाङको घर बढी जोखमीममा परेको छ भने जमनसिंको परिवार भने पुर्ण रुपमा विस्तापीत भएका छन ।

जमसिंको घरमा रहेका ९ जना परिवारका सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएका छ । पहिरोले मकै र अलैची बालीमा समेत क्षती भएको छ । यसै विच सोही गाउँपालिकाको तापेथोकमा ४ ओटा घर जोखिममा परेको र एउटा गोठ बगाएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ ।

यता ताप्लेजुङकै सिरीजंघा गाउँपालिकाको यम्फदीनमा पनी पहिरोले केही घर जोखिममा परेको खबर प्राप्त भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्