युवा–युवती कण्डमसहित कोठामा भेटिनु कुनै ठूलो कुरा होइन् : गगन थापा

काठमाडौं, ३० साउन / नेपाली कांग्रेसका यूवा नेता तथा सांसद गगन थापाले कुनै युवा–युवती कण्डमसहित कोठामा भेटिनु कुनै ठूलो कुरा नभएको बताएका छन् ।

फाइल तस्विर

थापाले वयस्क युवा–युवतीलाई प्रहरीले पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफल गर्दै सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको साधन भेटिएको भनेर छापामा समाचार आउने र यसले आफूलाई आश्चर्य लाग्ने गरेको बताएका छन ।

‘थापाले भने , परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप होइन। सुरक्षाकर्मीहरूलाई यो ऐन आएको बताई दिनुहुन आग्रह गर्दछु’, । सांसद थापाको आग्रहमा गृहमन्त्री रामबहादुर थापाले मुस्कुराउँदै टाउको हल्लाएर सहमति जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्