पोल्याण्ड पठाउने भन्दै नेपाली युवा ठगि गर्ने दुई युक्रेनी पक्राउ

साउन ३०, काठमाडौं / पुतलीसडकस्थित शंकरदेव क्याम्पसअघि अफिस खोली पोल्याण्ड पठाउने भन्दै २ युक्रेनी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

युक्रेनी नागरिक विल्ली भिटाली र उनका महिला सहयोगी नाटालिया टुरिष्ट भिषामा नेपाल आएका हुन् । उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र महाशाखाले छापा मारेको थियो । उनीहरुको अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरेको छ । उनीहरुले पिपल फर वर्क नामको कम्पनी नै दर्ता गरि ठगि धन्दा चलाइरहेका थिए । उनीहरुको पक्राउसँगै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जाल प्रयोग गरी प्रचार गर्ने गरेका थिए । त्यसरि सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै २ लाख माग्ने गरेका थिए । अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख सम्म खर्च लाग्ने बताउने गरेको पिडितहरुले बताएका छन।


प्रतिक्रिया दिनुहोस्