पहिरोले घर पुर्दा बेपत्ता बनेका दुई जनाको शव फेला

बागलुङ, ३० साउन / पहिरोले घर पुर्दा बेपत्ता बनेका निसीखोला गाउँपालिका–३ की ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाहीको शव फेला परेको छ । आज बिहानदेखि बेपत्ता उहाँहरुको शव अपराह्न फेला परेको प्रहरीले जनाएको छ । उहाँहरु नाताले सासूबुहारी हुनुहुन्छ । घटनालगत्तै प्रहरी र स्थानीय बासिन्दा खोजी र उद्धारमा खटिएका थिए ।

शव परीक्षणका लागि स्वास्थ्य संस्थामा लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउनुभयो । मृतक धनकुमारीका श्रीमान् मानबहादुर शाही गोठ गएका बेला घटना भएको जनाइएको छ ।

क्षतिको अवस्था बुझ्न र राहतका लागि प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मीलगायतको टोली घटनास्थल पुगेको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्