भीरबाट खसेर एक युवकको मृत्यु

३० साउन गुल्मी / गुल्मीमा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभनेका २६ वर्षका थम्मनहादुर बोहराको मृत अबस्थामा फेला परेका हुन् । बोहरा चिप्लेभीरबाट करिव १ सय मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार बिहान घरबाट हिँडेका बोहरा नफर्केपछि खोज्ने क्रममा स्थानीयले बुधबार मृत अवस्थामा फेला परेको गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्