नालामा ४० किलो तौलको गोही भेटियो

नेपालगञ्ज, ३० साउन / बाँके बैजनाथ र खजुरा गाउँपालिका भएर बग्ने ई–गाउँस्थित पेडारी नालामा गोही भेटिएको छ । गोहीले खजुरा गाउँपालिका ई–गाउँका सेते वलीको २० किलोको बाख्रा खाएको स्थानीय बासिन्दाले बताएका छन् ।

गोही अन्दाजी ४० किलो तौलको भएको आँकलन गरिएको छ । दिउँसै नालामा गोहीले बाख्रा निल्न खोजेपछि स्थानीय बासिन्दाको भीड लागेको थियो । सो नालामा यसअघि गोही नदेखिएको स्थानीयवासीले जनाएको छ ।

नाला किनारमा स्थानीय बासिन्दाले टाढैबाट लाठीले घचेटेपछि गोहीले बाख्रा छोडे पनि बचाउन नसकिएको स्थानीयवासी देवराम विसीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्