जुम्ल्याहा बच्चा सहित हराएकी आमा अझै बेपत्ता,एक बच्चा जिवीत र एक मृत फेला

पदम श्रेष्ठ

काठमाडौं ३० साउन / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका वडा नंं २ साविक थेचम्बूकी एक महिला जुम्ल्याहा दुुई छोरी सहित शनिवार देखी वेपत्ता भएकी छिन । स्वः कविराम विककी झड्केली छोरी कमला विकले ९ महिनाको २ बच्चालाई लिएर वेपत्ता भएपछि खोजी गर्ने क्रममा आज आफ्नै घरको ट्वाईलेटमा एक छोरी मृत अवस्थामा फेला परेको र एक लाई जिवीतै उदार गरीएको बताईएको छ ।

थेचम्बुका प्रहरी सहायक निरीक्षक सुर्यबहादुर बस्नेतको टोली र स्थानियले एक बच्चाको जिवितै उदार गरेको हो । जिवित रहेको बच्चाको पनि टाउकोमा गहिरो चोट लागेकोले बच्चालाई उचारका लागि विर्तामोड तर्फ पठाइ सकिएको स्थानिय केशव पौडेलले जानकारी दिएका छन् । बच्चाको बाबुको समेत हाल सम्म यकिन नभएको परिवारीक श्रोतले बताएको छ । बेपत्ता कमलाको खोजी कार्य भईरहेको र घटनाबारे थप अनुसन्धान गरिने प्रहरी सहायक निरीक्षक सुर्यबहादुर बस्नेतले जानकारी भयो ।


प्रतिक्रिया दिनुहोस्