नेपालले आज भिएतनामको सामना गर्दै

काठमाडौं / १८ औं इन्डोनेसियामा जारी  एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । खेल  नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ ।


एसियन गेम्समा नेपाल र भिएतनामले पहिलोपटक खेल्न लागेको हो । सिनियर राष्ट्रिय टिममा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् । जसमा दुवैपटक भिएतनाम विजयी हुन सफल भएको थियो । २००३ को सेप्टेम्बरमा भएको एएफसी एसिया कप अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।

पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० को सम्मानजनक हार बेहोरेको नेपाल भिएतनामविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रने छ । पहिलो खेलमा जापानसँग पराजित भएपनि दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपाली युवा टोलीले आज भियतनामलाई रोक्ने योजनाका साथ मैदान उत्रनेछ । जापानविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उच्च प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्