ग्याम्पर कप बार्सिलोनाको पोल्टामा 

काठमाडौं /  नयाँ सिजन सुरु हुनुअघि बार्सिलोनाले हरेक वर्ष खेल्दै आएको जोन ग्याम्पर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

बार्सिलोनाका लागि माल्कोम, लियोनल मेस्सी र रिफान्हाले गोल गरेपछि बोका जुनियर्सलाई ३–० ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । त्दोस्रो हाफको ६७ औं मिनेटमा रिफान्हाले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

स्पेनिस ला लिगाको नयाँ सिजन अघि बार्सिलोनाले मैत्रीपूर्ण फुटबल अन्तर्गत जोन गेम्पर ट्रफ्रीको आयोजना गर्ने गर्दछ । जोन गेम्पर ट्रफ्रीको यो ५३ औं संस्करण समेत हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्