नयाँ सिजनअघि क्याम्प नोउमा मेस्सीको सम्बोधन

काठमाडौं  /  बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफू बार्सिलोनाको कप्तान हुन पाउँदा खुसी लागेको बताएका छन् ।  ग्याम्पर कपमा अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग खेल्नुअघि मेस्सीले घरेलु मैदान क्याम्प नोउमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नयाँ सिजनका आफ्ना खेलाडीलाई क्लबले औपचारिक रूपमा घरेलु समर्थकबीच प्रस्तुतत गरेको थियो । त्यसक्रममा बोल्दै मेस्सीले आफूले बार्सलोनाको जर्सीमा खेल्न पाउनु र टोलीको कप्तान गर्नु पाउनु गर्वको कुार भएको बताए । बार्सिलोनाको कप्तान हुन पाउँदा मैले गर्व अनुभूत गरेको छु, अब मैले के गर्नुपर्छ भन्ने मलाई थाहा छ,’ मेस्सीले मैदानमा बोल्दै भने, ‘म यो क्लबको एक हिस्सा हुन पाउँदा ज्यादै खुसी छु ।’

मेस्सीलाई एक हप्ताअघि क्लबले कप्तान घोषणा गरेको थियो । यसअघिका कप्तान आन्द्रेस इनिएस्टाले क्लब छाडेपछि मेस्सीलाई पहिलो कप्तानको जिम्मा दिँदै बार्सिलोनाले सर्जियो बुस्केटस्, जेरार्ड पिके र सर्जी रोवेर्टोलाई पनि कप्तान घोषणा गरेको थियो ।

गत राति भएको ग्याम्पर कपमा बार्सिलोनाले बोका जुनियर्सलायइ ३–० ले हराउँदै उपाधि जितेको थियो । बार्सिलोनाको जितमा मेस्सी, माल्कोम र राफिन्हाले गोल गरेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्