प्रधानमन्त्री केपी शर्मा ओलीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

महेन्द्रनगर, धनुषा, ३१ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो ।

फाइल तस्बिर

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नं १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसक्नुभएको छ । नेता साहले पार्टीभित्र अन्तर विरोध हुनु स्वभाविक भएको बताउँदै अहिले नेकपामा कुनै गुटउपगुट नरहेको दाबी गर्नुभयो । उहाँले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीको सदस्यको बारेमा निर्णय गरी केन्द्रमा पठाउने जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्