यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं / नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । नेपाल उपाधिको दावेदार भारतसँग २–१ ले पराजित भएको हो ।

भारतको जितमा लेन्डा कोम र क्रिटिना देवीले गोल गरिन् । नेपालकी रजनी थोकरले एक गोल फर्काइन् । प्रतिस्पर्धात्मक बनेको खेलको ३० औं मिनेटमा लेन्डाको गोलबाट भारतले खेलमा अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि रजनी थोकरले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७५ औं मिनेटमा क्रिटिनाले गोल गरेपछि नेपाल खेलमा २–१  ले पराजित हुन पुग्यो । भारतले उपाधिका लागि १८ अगस्टमा बंगलादेश र भुटानबीचको विजेता सँग खेल्नेछ । अब नेपालले तेस्रो स्थानको लागि बंगलादेश र भुटानबीचको पराजित हुने टिमसँग १८ अगस्टमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्