२१ अर्ब चिट्ठामा जितेपछि श्रीमानलाई छोडेर चोरसँग विवाह गर्ने महिला

एजेन्सी / आफ्ना पूर्व श्रीमानसँग सन् २०१२ मा २१ अर्ब रुपैयाँ चिट्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै गिलियन बेफोर्डको उनका श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो ।

गिलियन बेफोर्ड, ४६, ले गत हप्ता फिफेमा ३७ वर्षे ब्रियन डिन्ससँग विवाह गरेकी हुन् । डिन्सले टेस्को कम्पनीको १३ हजार पाँच सय पाउन्ड १९ लाख २१ हजार रुपैयाँ चारेको आरोपमा ६ महिनाको जेल सजायँ भोगेका थिए । दुई सन्तानकी आमाले आफ्ना श्रीमानको आपराधिक रेकर्डबारे डेटिङको सुरुवाती अवस्थामा नै थाहा भएको र यसलाई आफूलाई केही फरक नपार्ने बताएकी छिन् ।

 

चिट्ठा जितेपछि गिलियन आफ्ना पूर्व श्रीमानसँग उत्सव मनाउँदै प्रोपर्टी रेनोभेटरको रुपमा काम गर्ने ब्रियनले गिलियनलाई यसबारे सम्बन्धको सुरुवातमा नै जानकारी दिएको द सनले बताएको छ । पूर्व स्वास्थ्यकर्मी गिलियनले सन् २०१२ मा १४८,६५६,००० पाउन्ड अर्थात् २१ अर्ब १७ करोड रुपैयाँ चिट्ठा जितेकी थिइन् । यद्यपी, त्यसको १५ महिनामा नै उनीहरुको सम्बन्धविच्छेद भयो । एकाएक भित्रिएको नयाँ सम्पत्तिको व्यवस्थापनको तनावले उनीहरुबीचको ९ वर्षे वैवाहिक सम्बन्ध टुटेको गिलियनले जानकारी दिएकी छिन् ।

नयाँ श्रीमानको थर राखेकी गिलियनले भनिन्, ‘मलाई उनीबारे निकै अघिदेखि थाहा थियो तर यसले मलाई कुनै फरक पार्दैन । सबैको अतित हुन्छ तर तपाईं विगतमा बाँच्न त सक्नुहुन्छ नि । समयसँगै मानिसमा परिवर्तन आउने गर्छ ।’ ‘यो ६ वर्ष अघिको घटना हो जहाँ उनलाई मूर्ख भएका कारण सजायँ दिइयो । तर यो कारणले उनलाई जिन्दगीभर तनावमा त पार्नुहुँदैन ।’


प्रतिक्रिया दिनुहोस्