१८ औं एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं /  नेपालले  १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ । भियतनामसँग २–० ले पराजित भएसँगै नेपाल समूह चरणमा लगातार दोस्रो हार बेहारेको हो ।

नेपाल यसअघि आफ्नो पहिला खेलमा जापानसँग १–० ले पराजित भएको थियो । नेपाल खेलको ३४ औं मिनेटमा पछि परेको थियो ।  ६४ औं मिनेटमा फान भान डकले गोल गर्दै भियतनामको अग्रता दोब्बर पारेका थियो । भियतनामविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले  भियतनामविरुद्ध गोलका केही मौकालाई सदुपयोग गर्न सकेन ।

भियतनाम एक खेल अगावै एसियाड फुटबलको प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । बिहिबारै जापानले पाकिस्तानलाई ४–० ले पराजित गर्दै प्रि–क्वार्टर फाइनलमा पुग्न सफल भएको छ । जापानको जितमा इवासाकी युटोले दुई तथा हाटाटी रिउ र माइडा डाइजेनले गोल गरे ।

अब समूह चरणको अन्तिम खेलमा जापान र भियतनाम तथा नेपाल र पाकिस्तानबीच खेल हुनेछ । नेपालले पाकिस्तानमाथि जित हात पारे समुहको उत्कृष्ट तेस्रो टोली हुदै प्रि–क्वार्टरफाइनलमा पुग्ने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्