इण्डोनेसियामा जारी एसियन खेलमा नेपाल भियतनामसँग पराजित

काठमाडौँ, ३१ साउन /  इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत आज भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । स्थानीय विभाहा मुक्ति रङ्गशालामा आज साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ६२औँ मिनेटमा भान डक फानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल भियतनामले जित्यो ।

पहिलो खेलमा नेपाल गत मङ्गलबार जापानसँग १–० ले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले समूहचरणको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अखिल नेपाल फूटबल संघ९एन्फा०ले जनाएको छ । यस प्रतियोगिताको औपचारिक उद्घाटन भने भदौं २ गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्