नेकपा सिन्धुपाल्चोकमा नेतृत्व चयनको विवाद उत्कर्षमा ( विज्ञप्तिसहित )

सिन्धुपाल्चोक /  नेकपा सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयनका विषयमा भएको विवाद उत्कर्षमा पुगेको छ । सांसद सरेश नेपालसहित पूर्व जिल्ला अध्यक्ष हस्त पण्डित, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, युवा नेता शशीनाथ आचार्य, अशोक चौलागाईंलगायत आठ जना पूर्व एमालेको एक समूहले विज्ञप्ति नै निकालेर जिल्ला नेतृत्वका लागि भएको भनिएको सिफारिसप्रति घोर आपत्ति जनाएका छन् ।

पूर्व माओवादीको प्रचण्ड लाइन र पूर्व एमालेको माधव नेपाल लाइनका नेताहरु मिलेर केन्द्रमा सिफारिस गरेको नेतृत्वको नामप्रति एमालेको केपी शर्मा ओली लाइन र माओवादीको प्रचण्डइतिर लाइनका नेताहरुले आपत्ति जनाए पछि विवाद उत्कर्षमा पुगेको हो। सिन्धुपाल्चोकको पूर्वमाओवादीमा भने प्रचण्ड लाइन भन्दा पनि नेता अग्निप्रसाद सापकोटा र उनीतर्फको फरक लाइन रहेको.छ ।

वडाध्यक्ष्यद्वय ईश्वर तिमल्सिना, चरीबहादुर तामाङ, माधवप्रसाद आचार्य र अध्यक्षका दाबेदार बालकृष्ण देउजा सहितको हस्ताक्षर रहेको विज्ञप्तिमा पार्टी पद्दति विपरीत नेतृत्व सिफारिस भएप्रति आपत्ति जनाउदै उनीहरुले विज्ञप्तिमार्फत गरिएको भनिएको सिफारिस नसच्याए कडा कमद चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

पूर्वएमाले र माओवादीका केही नेताले अध्यक्षमा पूर्वएमालेका पूर्वअध्यक्ष झम्क नेपाल, ईन्चार्जमा पूर्वमाओवादीका तर्फबाट कृष्णप्रसाद सापकोटा र सचिवमा पनि पूर्वमाओवादीबाटै चन्द्र थापा र अमृता नेपाललाई सिफारिस गरेको छ । पूर्वएमालेले नेतृत्व सिफारिसका लागि सात सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रहेका ओली समूहका दुई सदस्यः सरेश नेपाल र हस्त पण्डित काठमाडौंमा नभएको बेला बैठक बसेर सहमति भएको भन्दै जबरजस्त नाम सिफारिस गरिएको बताइएको छ ।

विज्ञप्ति


प्रतिक्रिया दिनुहोस्