मेस्सीले सन् २०१८ यो वर्ष अर्जेन्टिनाबाट नखेल्ने

बासिलोना / अर्जेन्टिनाबाट १ सय २८ खेल खेलिसकेका  स्टार लियोनल मेस्सीले अर्जेन्टिनाबाट कम्तीमा यो वर्ष (सन् २०१८) भर नखेल्ने समाचार सार्वजनिक भएको छ ।

 

उनको महत्वपूर्ण भूमिकामा अर्जेन्टिनाले २००८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थियो । पाँच पटकका बालोन डी ओर विजेता भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने नयाँ प्रशिक्षकको आगमनपछि तय हुने बताइएको छ । ३१ वर्षे मेस्सी अर्जेन्टिना फुटबल संघले गर्ने नयाँ प्रशिक्षकको नियुक्तीलाई हेरिरहेका छन् । रसिया विश्व कपमा अन्तिम १६ बाट बाहिरिएपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो ।

अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टिभेजले मेस्सीको निर्णयबाट आफु आश्चर्यमा नपरेको बताएका छन् । उनका अनुसार मेस्सीले आरामका लागि यस्तो निर्णय गरेको हुन सक्ने अनुमान लगाएका छन् । २०१६ मा चिलिसँग कोपा अमेरिका कप फाइनलमा हारेपछि मेस्सीले सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका समर्थकको व्यापक दबाब पछि उनी पुन टोलीमा फर्केका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्