‘अब सोलो भूमिकामा मात्र काम गर्ने’: आँचल

काठमाडौँ / चलचित्र ‘शत्रु गते’ रिलिज भएपछि यसकी मुख्य नायिका आँचल शर्माले हुलमुलमा काम गर्दा आफू ओझेलमा परेको बताउनुभयो । उनले, अब आफूले सोलो भूमिकाका लागि अफर आएको खण्डमा मात्र काम गर्ने बताउनुभयो । तर,  नायिका प्रियंका कार्कीले आँचलको भनाइलाई खण्डन गर्नुभएकोछ। प्रियंकाले भन्नुभयो-‘म सबैको विचारलाई सम्मान गर्छु । तर, एउटा अब्बल कलाकारलाई ५० जनाको टिममा ५ मिनेट मात्र भूमिका दिएपनि उसलाई दर्शकले नोटिस गर्छन् ।’

प्रियंकाले आफूले राम्रो काम गर्न सकेको खण्डमा भूमिका लामो र छोटोले केही फरक नपार्ने बताउनुभयो । यसका लागि सबैभन्दा पहिले आफूले आफूलाई विश्वास गर्नुपर्ने उनको भनाई थियो । चलचित्रभरी रोल भएर नराम्रो गर्ने हो भने त्यसको कुनै अर्थ नरहने नायिका कार्कीको भनाई थियो । ‘शत्रु गते’मा नायिका कार्कीले पनि काम गर्नुभएको थियो ।

नायिका बर्षा राउत पनि धेरै कलाकार भएको चलचित्रमा काम गर्न रुचाउँछिन् । उनले पनि एउटा राम्रो ब्यानरमा राम्रो भूमिका हुँदा कति जना कलाकार छन् भनेर नहेर्ने बताउनुभयो । आफ्नो भूमिका राम्रो छ र आफूले त्यो भूमिकालाई निर्वाहा गर्न सक्छु जस्तो लागेको खण्डमा काम गर्दा केही फरक नपर्ने उहाँको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्