गायक गोविन्द रिजाल भाञ्जी स्मृतिसगैँ फन्को मारी मारी नाचेँपछि (भिडियो)

 

हिरालाल गुरुङ
चितवन, १ भदौ । यतिबेला बजारमा तीजको गीत समेटिएका म्युजिक भिडियोहरु प्रशस्तै आएका छन् । तीजकै सन्दर्भमा बनेका केही भिडियो यति उत्ताउला छन् कि परिवारका सबै सदस्य बसेर टीभी हेरिरहेका बेला गीत आइहाल्यो भने च्यानलै फेर्नुपर्ने बाध्यता छ ।
तर गोविन्द रिजालले भने परिवारमा सबैसंग बसेर हेर्न सकिने छममछमी नाचौँ नाचौँ मन लाग्ने तिज गीत “फन्को मारी मारी” सार्वजनिक गरेका छन् ।
लोक गायनको उर्वरभूमी स्याङ्गजा जिल्लामा जन्मी लामो समयदेखि मुग्लिन बजारलाई नै कर्म क्षेत्र बनाईरहेका गायक रिजालले दोश्रो तीज कोसेलीको रुपमा फन्को मारी मारी बोलको तिज गीत युटुव मार्फत सार्वजनिक गरेका हुन् । गितमा गायक रिजाललाई स्वरमा चन्द्र परियार तथा अहिलेका चर्चित गायिकाहरु शान्तीश्री परियार र सम्झना भण्डारीले साथ दिएका छन् । गीतमा चन्द्र परियारकोको उत्कृष्ट शब्द तथा लय रहेको छ । गितको म्यूजिक भिडियोमा गाएक रिजाल संगै काशी गुरुङ, रिना थापा र स्मृती रेग्मीले अभिनय गरेका छन् भने प्रकाश भट्टको निर्देशन रहेको छ । सस्मृति रेग्मी गोविन्दका भाञ्जी हुन् ।

साई भिजन प्रा.लि.मार्फत बजारमा आएको गित र म्युजिक भिडियो राम्रो बनेकोले दर्शक र श्रोताहरुले मन पराउनेमा आफु आशावादी रहेको गायक रिजालले बताए ।


प्रतिक्रिया दिनुहोस्