मुलकी ऐन जारी भएकै दिन सिंहदरबार अगाडि नग्न प्रदर्शन [भिडियो सहित]

अरुण पोस्ट संबाददाता

राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदवार अगाडि एक व्यक्तिले नग्न बनेर प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका माग गर्दै  सिंहदरवारकै अगाडी झापाका बिकिन लिम्बुले  नग्न बनेर प्रदर्शन गरेका हुन । सरकारलाई चुनौती दिंदै सिंहदरवारको दक्षिण गेट नजिकै प्रदर्शनमा उत्रेका लिम्बुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।

सिंहदरवारको दक्षिण गेट तर्फ जाँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले गाई र गोरुको लागि मात्रै कानुन बनाएर गलत काम गरेको भन्दै लिम्बुले आरोप लगाएका छन् । राज्यले सबै जातजाती भाषाभाषी र धर्मालम्बीलाई सम्मान गर्ने गरी कानुन बनाउनुपर्ने उनको माग छ ।

नेपालको राष्ट्रिय जनावार गाईको संरक्षण गर्न सरकार चुकेको उनको आरोप छ । ‘कानुन बनाएर मात्र संरक्षण हुने होईन’ उनले भने, ‘गाईको संरक्षणमा सरकार लागेको खोई रु’ उनले राष्ट्रिय जनावार पनि पविर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेको लोपउन्मुख जनावारलाई राष्ट्रिय जनावर घोषणा गर्न उनले समेत माग गरेका छन् ।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्