आवश्यकता र औचित्यविना करको दर वृद्धि गर्न नहुनेः नेता डा. महत

पोखरा / नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले संवैधानिक व्यवस्था र विधानलाई कुल्चेर अघि बढ्ने सरकारका क्रियाकलापले विरोधमा उत्रनु पर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आर्थिक समृद्धिको सपना बाँडेर निर्वाचित सरकारले स्थानीय तहबाटै मनोमानी किसिमले कर वृद्धि गरेको आरोप लगाउनुभयो । नेता डा. महतले स्थानीय तहले लिन थालेको सेवा शुल्क तथा करले जनता मारमा परेको र सङ्घीयताको मर्म, क्षेत्राधिकार, मौलिक हकलाई सरकारले ध्यान नदिएको बताउनुभयो ।

काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनतालाई मार पर्ने गरी आवश्यकता र औचित्यविना करको दर वृद्धि नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्