म्यानचेस्टर सिटीका ब्रुएन तीन महिना मैदान बाहिर

लन्डन /  म्यानचेस्टर सिटी तथा बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएनचोटका कारण तीन महिना मैदान बाहिर रहने भएको छ ।


बुधबार प्रशिक्षण दौरान २७ वर्षे डि ब्रुएनको दायाँ घुडाँको  लिगामेन्टमा चोट लागेको थियो । सिटीले एक विज्ञप्ति जारी गर्दै उनी तीन महिना मैदान बाहिर रहने पक्का गरेको छ । ब्रुएनले बिहिबार बार्सिलोनामा विशेषज्ञ डाक्टर रमोन कुगाटले परीक्षण गरेका थिए । उनको शल्यक्रिया भने गर्नु नपर्ने भएको छ । तर, उनी तीन महिना मैदान बाहिर रहनेछन् । हामीले तीन महिना उनी विना नै खेल्नुपर्नेछ ’ विज्ञप्तिमा उल्लेख छ ।

सिटी अघिल्लो सिजनको प्रिमियर लिग च्याम्पियन बन्दा ब्रुएन सिटीको वर्ष खेलाडी बनेका थिए । बेल्जियमलाई विश्व कपको सेमिफाइनलमा पु¥याउन ब्रुएनले उच्च प्रदर्शन गरेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्