लियोनल मेसीले आन्द्रे इनिएस्टा, जाभी र कार्लेस पुयोल्को मार्गलाई पिछा गर्दै

बार्सिलोना / बार्सिलोनाको नयाँ कप्तान लियोनल मेसीले आन्द्रे इनिएस्टा, जाभी र कार्लेस पुयोल्को मार्गलाई पिछा गर्दै बार्सिलोनाको कप्तान हुनु सौभाग्य भएको बताएका छन्।

इनिएस्टाले बार्सिलोना छाडे पछि अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई बार्सिलोनाको नयाँ कप्तान घोषणा गरिएको हो। बोका जुनियरसँगको खेल अघि गृहमैदानमा मेसीले बुधबार आफ्ना भनाई राखेका थिए। उनले भने, ” सुरुवातमा म यो भन्न चाहन्छु कि म कप्तानको भूमिकामा चयन हुनु मेरालागि अहोभाग्य हो । मलाई थाहा छ बार्सिलोनाको कप्तान हुनु कति सम्मानजनक कुरा हो भन्ने । मसंग मेरा महान् गुरुहरु जाभी, पुयोल र महान् इनिएस्टा हुनुहुन्थ्यो जसलाई हामी यो सिजन धेरै सम्झने छौं।”

उनले भने , हामीले गत सिजन ला-लिगा र कोपा डेल रे जितेपनि च्याम्पियन्स लिगमा गतिलो प्रदर्शन गर्न सकेनौं। र हामी यो बाचा गर्दछौं कि च्याम्पियन्स लिग ट्रफीलाई क्याम नोउमा फर्काउन हामी हरसम्भब प्रयास गर्नेछौँ, एजेन्सी


प्रतिक्रिया दिनुहोस्