सिरीजंघा गाउँपालिका वडा नंं १ सिनाम पुर्ण खोप युक्त वडा घोषणा

काठमाडौं २ साउन / सिरीजंघा गाउँपालिका वडा नंं १ सिनामलाई पुर्ण खोप युक्त वडा घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी वडा लाई पुर्ण खोप युक्त वडा घोषणा गरीएको हो । यस संगै सिरीजंघा गाउँपालिकाको वडा नंं १, ५१ औ खोप युक्त वडा बनेको छ ।

कार्यक्रममा प्रमुख अतिथी पूर्व संविधान सभा सदस्य भुपेन्द्र थेवे, विशिष्ठ अतिथी गाउँपालिका अध्यक्ष टिकाराम गुरुङ अतिथी जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कृष्ण प्रसाद शाह र सिनाम बहुमुखी क्याम्पस प्रमुख महेन्द्र प्रकाश गौतम लगायत स्थानियको उपस्थिती रहेको थियो । कार्यक्रम कार्यवाहक वडा अध्यक्ष रामकुुमारी थेवेको सभापतित्वमा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्