अध्यक्ष बन्ने दौडमा नेकपा ताप्लेजुङका आधा दर्जन नेता

काठमाडौं २ साउन /  नेपाल कम्युनिष्ट पार्टी नेकपा ताप्लेजुङको जिल्ला कमिटीमा रहने नेताहरुको नामावली प्रदेश कार्यदललाई जिल्ला कमिटीले बुझाएको छ । यस नेताहरुको नामावली संंगै जिल्ला अध्यक्ष हुने नेताहरुको दौड पनि शुरु भएको छ । पार्टी अध्यक्ष बन्नको लागि ताप्लेजुङका आधा दर्जन नेताहरु अहिले काठमाडौंमा आपmनो नजिकको धाईरहेका छन ।

अध्यक्ष पदका लागि पूर्व एमालेबाट कार्यवाहक अध्यक्ष मातृका भट्टराई,पूर्व सासंद डम्वरध्वोज तुम्वाहाम्फे सचिवालय सदस्य सन्तोष खतिवडा र राम सुवेदी दौडमा देखिएका छन भने पूर्व माओवादीबाट जिल्ला ईन्चार्ज खेलप्रसाद बुढाक्षेत्री ९पराग० र जिल्ला संयोजक बिजय किराती देखिएका छन । उता पूर्व एमाले जिल्ला नेताहरु मंगलसिह केदेम र हेमन्त उप्रेतीले पनि आफु अध्यक्ष हुनु पाउ भन्दै जिल्ला कमिटीमा निवेदन पेश गरेका बुझिएको छ । त्यसैगरी पूर्व एमालेका जिल्ला नेताहरु मंगलसिह केदेम र हेमन्त उप्रेतीले पनि आफु अध्यक्ष हुनु पाउ भन्दै जिल्ला कमिटीमा निवेदन पेश गरेका बुझिएको छ ।


अध्यक्षको लागि दौडमा रहेका सन्तोष खतिवडालाई प्रदेश कार्यदलका प्रमुख तथा पूर्व एमाले सचिव भिम आर्चाय र केन्द्रिय सदस्य तिलकुमार मेन्याङ्वोको समेत समर्थन रहेको बुझिएको छ। त्यसैगरी उता र्पर्व माओवादीका इन्चार्ज परागलाई नेकपाका अध्यक्ष प्रचण्डको र संयोजक बिजय किरातीलाई नेकपा पूर्व प्रवतmा नारायण काजी श्रेष्ठको सहयोग रहेको बुझिएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व एमालेका सचिव योगेश भट्टराईले भने पूर्व एमालेका नेताहरुलाई नै जिल्ला अध्यक्ष बनाउन लागि परेको बताईन्छ ।


प्रतिक्रिया दिनुहोस्