आर्सनल र चेल्सी भिड्दै, दुई नयाँ प्रशिक्षकको भिडन्त

लन्डन / इंग्लिस प्रिमियर लिग अन्तर्गत आज दुई बलिया टोली आर्सनल र चेल्सी भिड्दै छन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १० : १५ बजे सुरु हुने छ ।

चेल्सीका लागि पूर्व आर्सनलका कप्तान सेस्क फेब्रिग्यास चोटका कारण खेलमा समावेश हुने छैनन् । विश्वकप उपविजेता माटियो कोभासिच पनि मैदानमा ९० मिनेट खेल्न तयार नरहेको प्रशिक्षकले बताए । विश्वकपका दोस्रो उत्कृष्ट खेलाडी इडेन हाजार्डले यस खेलमा सुरुवात गर्ने देखिन्छ ।

त्यस्तै आर्सनलका लागि डिफेन्समा चोटको समस्या देखिएको छ । नाचो मोनरियल र सिड कोलासिनाच घाइते रहेकाले नव खेलाडी स्टेफेन लिचस्टाइनरले आज लिग ‘डेब्यु’ गर्ने सम्भावना रहेको छ । एलेक्जान्डर लाकाजेटले आज अग्रपंक्तिको जिम्मेवारी सम्हाल्ने छन् । उनलाई पियर एम्रिक अबामियाङ र हेन्रिक मिखितार्यनले साथ दिने देखिन्छ ।

आर्सनलले आफ्नो पहिलो लिग खेल म्यानचेस्टर सिटीसंग २-० ले गुमाएको थियो । अर्को तर्फ चेल्सीले भने हडर्सफिल्डलाई ३-० ले हराएको थियो । कम्युनिटी शिल्डको खेलमा चेल्सी पनि सिटीसंग २-० ले हारेको थियो ।

आज प्रिमियर लिगका अन्य खेलहरु:

कार्डिफ विरुद्ध न्युकासल युनाइटेड – ५ : १५ बजे

एभर्टन विरुद्ध साउथह्याम्प्टन – ७ : ४५ बजे

लेस्टर विरुद्ध वुल्भ्स – ७ : ४५ बजे

टोटनह्याम विरुद्ध फुलह्याम – ७ : ४५ बजे

वेस्ट ह्याम विरुद्ध बोर्नमथ – ७ : ४५ बजे

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्