भारतको बाराणसीमा बस दुर्घटना, ४० नेपाली तीर्थयात्री घाइते

काठमाडौं २ भदौ, ।  भारतको बाराणसीमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते भएका छन् ।

सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरी सो क्षेत्रमा गएकको भारतीय प्रहरीले बताएका छन । तीव्र गतिमा रहेको मोटरसाइकललाई बस चालकले बचाउने क्रममा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।

बसमा जम्मा ४६ जना तीर्थयात्रीहरु र।हेका थिए । अहिले घाइतेहरुलाई दिनदयाल उपाध्याय अस्पताल भर्ना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्