जुत्ता चोरलाई खोज्न ३ हजार पुलिस परिचालन

एकजोर जुत्ता चोरीको गर्ने मानिसको खोजीमा ३ हजार जना पुलिस खटिन्छन् भन्ने पत्ताउनुहुन्छ ? हामीकहाँ त क्विन्टलका क्विन्टल सुन चोरी हुँदा समेत पुलिसले सुइँकोसम्म पाउँदैन । तर जापानमा एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् ।

हुनत जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी मात्रको अभियोग थिएन । ऊ चोरी तथा बलात्कारको आरोपमा गिरफ्तार भई जापानको एक पुलिस चौकीमा हिरासतमा थियो । हालै ऊ पुलिस चौकीबाटै भागेर फरार भएपछि पुलिसले यत्रतत्र सर्वत्र उसको खोजी गरिरहेको हो ।

अर्को रोचक कुरा त के भने उक्त अभियुक्तले चौकीबाट भाग्ने बेलामा पुलिसकै जुत्ता चोरेर भागेछ । २ महिनादेखि हिरासतमा रहेको ३० वर्षको उक्त युवक ओसाकास्थित टोन्डाबायसी पुलिस चौकीबाट पुलिसका जुत्ता नै चोरेर भागेपछि उसलाई खोजी गर्न जापानभर ३ हजार पुलिस खटिएका छन् । आइतबार पुलिसचौकीमा अभियुक्तलाई भेट्नका लागि उसका वकिल आएको मौका छोपी हातमा हतकडी खोलिएको बेला ऊ भागेको बताइएको छ ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्