साफ यु–१८ महिला च्याम्पियनसिपमा श्रीलंकाले नखेल्ने

काठमाडौं / भुटानमा २८ सेप्टेम्बरबाट शुरु हुने साफ यु–१८ महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकाले नखेल्ने भएको छ ।

श्रीलंकाले प्रतियोगिताबाट हात झिकेपछि समूह विभाजन र खेल तालिकासमेत परिवर्तन भएको छ । प्रतियोगिताबाट श्रीलंकाले नखेल्ने निर्णय गरेसँगै दक्षिण एसियाली फुटबल फेडेरेसनले शनिबार नयाँ समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । नयाँ समूह विभाजनामा भारत, माल्दिभ्स र भुटान समूह ‘ए’ मा रहेको छ । समूह ‘बी’ मा नेपाल, बंगलादेश र पाकिस्तान रहेका छन् ।

यसअघि समूह ‘ए’ मा तीन टोली भारत, श्रीलंका र माल्दिभ्स रहेको थियो । समूह ‘बी’ मा भने चार राष्ट्र नेपाल, बंगलादेश, भुटान र पाकिस्तान रहेको थियो । साफ यु–१८ महिला साफ च्याम्पियनसिपका खेलहरु २८ सेप्टेम्बरबाट ७ अगस्टमा सम्म भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा हुनेछ । १८ अगस्टमा पाकिस्तानसँग खेल्दै नेपालले च्याम्पियनसिपको शुरुवात गर्नेछ । २ अगस्टमा नेपालले बंगलादेशसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्