बार्सिलोनाले स्पेनिस लिगमा सुखद सुरुवात

बार्सिलोना / कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस लिगमा  सुखद सुरुवात गरेको छ । पहिलो खेलमा डेपोर्टिभो अलाभेसलाई ३-० ले हराउने क्रममा सबै गोल दोस्रो हाफमा सम्भव भए ।


पहिलो रोजाइको टोली उतारेको बार्सिलोनाले खेलमा पकड बनाएपनि अग्रता बनाउन भने ६४ मिनेटसम्म संघर्ष गर्नुपर्यो । कप्तान मेसीले नयाँ सिजनको पहिलो गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए । पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर रहेको फ्रिकिकलाई उनले चलाखीपूर्ण ढङ्गले गोलमा परिणत गरेका थिए ।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले ८३ हौं मिनेटमा अग्रता दोब्बर पारे ‌। उनले लिगमा डेब्यु गरिरहेका अार्थरको पासमा गोल गरेका थिए । मेसीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३ अंक दिलाए । साविक विजेता बार्सिलोनाले यसपटक लिग उपाधि रक्षा गर्ने सुरमा ४ खेलाडी भित्र्याएको छ ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले नयाँ खेलाडीलाई पहिलो रोजाइमा उतारेनन् । दोस्रो हाफमा उनले अार्टुरो भिडाल र अार्थरलाई मौका दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्