रोनाल्डोको ‘डेब्यु’ खेलमा युभेन्ट्सको जित

भेरोना /  युभेन्टस्ले इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनको पहिलो खेलमा संघर्षपूर्ण जित निकालेको छ । किएभो भेरोनाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टस्ले ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

युभेन्ट्सलाई जिताउन सामी खेडिरा र फेड्रिको बर्नार्डडेस्चीले समान एक गोल गरे । युभेन्ट्सले एक गोल आत्मघाती उपहार पाएको थियो । भेरोनाका माटिया बानीले एक आत्मघाती गोल गरेका थिए । यस्तै भेरोनाका मारिउस स्टेपिन्सकी र इमानुएल जियाचेरेनीले गोल फर्काए । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यसै खेलबाट युभेन्ट्स र सिरी ए फुटबलमा डेब्यु गरेपनि गोल भने गर्न सकेनन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्