अवैध ढुंगा खानी संचालन गर्दै जनप्रतिनिधी

ललितपुर, २९ माघ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र १४ वटै वडाध्यक्षमध्ये अधिका्रशले लेले र नल्लु क्षेत्रमा अवैधानिक रुपमा खानी संचालन गरेका छन्
संसदको प्राकृतिक स्रोत समितिले गोदावरीको लेले र नल्लुमा खानी संचालन नगर्न निर्देशन दिए पनि जनप्रतिनिधिलेनै क्रसर र खानी संचालन गर्न थालेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुमान महर्जनले २ वटा खानी संचालन गरेका छन् । उनकै नाममा सगरमाथा र मनकामना नामक खानी संचालनमा छन् । एउटा बैधानिक हो भने अर्को अवैधानिक हो । यसरी वडाध्यक्ष महर्जनले नै अवैधानिक रुपमा खानी संचालन गरेपछि अरु खानी संचालकहरुले पनि त्यही बाटो अनुशरण गर्दै लेले नल्लु क्षेत्रमा प्राकृतिक विनाश गर्दै अरु धेरै अवैध खानी र क्रसर संचालन गर्न थालेका छन् ।

वडाध्यक्ष महर्जनले एउटा खानी कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरेका छन् भने अर्को दर्ता नै नगरी अवैध रुपमा संचालन गर्दैआएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महर्जनसहित अधिकांशले गोदावरी नगरपालिकाको नल्लु र लेलेमा खानी संचालन गरी वन विनाश गरिरहेका छन् ।

वीरेन्द्र महर्जनसमेतले नल्लुको सार्वजनिक जंगलमा दैनिक ५ वटा स्काभेटर कुदाएर क्रसर संचालन गर्दैआएका छन् । तर त्यसलाई रोक्ने सरोकारवाला निकाय वन कार्यालय ललितपुरका प्रमुख जयमंगलप्रसाद गुप्ता, चापागाउँ प्रहरी बृत्तका डीएसपी रविन्द्र रेग्मी र ललितपुर प्रहरी परिसरका प्रमुख गणेश ऐर समेत लाखौं लाख घुस लिएर जंगलमा स्काभेटर कुदाएर विनाश गरी खानी संचालन गर्दा पनि चुपचाप छन् ।

गोदावरी नगरपालिका वडा  नम्बर ६ का वडाध्यक्ष विष्णुमान महर्जन

वन कार्यालयका प्रमुख(डीएफओ) जयमंगलप्रसादले त वनमा डोजर लगाएको बारेमा केही थाहा नभएको प्रतिक्रिया दिए । उनले भने–‘थाहा छैन, बुझ्छु ।’
गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनकै आशीर्वाद प्राप्त वीरेन्द्र महर्जनले सयौं रोपनी सार्वजनिक जंगल सखाप पार्दा पनि ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, जिल्लाका एसएसपी गणेश ऐरको ध्यान जान सकेको छैन ।

वीरेन्द्र महर्जनले घुसको प्रभावमा परी सयौं रोपनी सार्वजनिक जंगलमा स्काभेटर प्रयोग गरी खानी संचालन गर्दा पनि डीएफओ, सीडीओ पन्त र एसएसपी ऐरले थाहा नपाएझैं बसेका छन्, साँघुमा समाचार छ । वीरेन्द्र महर्जनले डीएफओ, सीडीओ र एसएसपीलाई समेत सेटिङ गरी जंगलमा दैनिक ५ वटा स्काभेटरले खानी संचालन गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961