विप्लव नेकपालार्इ झट्का : प्रवक्ता प्रकाण्डलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं भदौ ३ गते, /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई काभ्रे जिल्ला अदालतले थप तिन दिन थुनामा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले शुक्रबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहाइको आदेश दिएको थियो ।

सर्वोच्चको आदेश लगत्तै पुनः पक्राउ परेका प्रकाण्डलाई आइतबार काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको हो । काभ्रेको एक क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरको थियो ।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय मागे पनि अदालतले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्