नेयमार भित्र्याउन रियल कीर्तिमानी मूल्य तिर्न तयार

म्याड्रिड /   पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न रियल किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ ।

स्टार खेलाडी नेयमारका लागि रियलले किर्तीमानी मुल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन् । यदि रियलले उनलाई २७० मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गर्न सके उनीनै विश्वको सर्वाधिक महँगा खेलाडी बन्ने छन् । गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो । उनीनै अहिले सम्मका विश्वका सर्वाधिक महँगा खेलाडीको सूचिको पहिलो नम्बरमा छन् ।

यदि पिएसजीले रियलको प्रस्ताव स्वीकार गरे रियल नेयमारलाई अनुबन्ध गर्न तयार रहेको खुलेको हो । पिएसजी कतार राज्यको स्वामीत्वमा रहेको छ । जहाँ नेयमारलाई अनुबन्ध गर्न कतार स्पोर्टस् इनभेस्टमेन्टको प्रायोजनमा क्लबले बढि पैसा तिरेको खुले पछि अहिले युइएफएले अनुसन्धन गरिरहेको छ । गत बर्षनै पिएसजीले फ्रान्सेली स्टार केलियन एमबाप्पेलाई १६७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्