एसियाड फुटबलको समूह चरणबाटै नेपाल बाहिरियो

काठमाडौं /  १८औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ । समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २–१ ले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

प्याट्रिओट चन्द्रभागा स्टेडियममा१२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएपनि नेपाली टोली त्यसलाई जोगउन असफ रह्यो । पाकिस्तानले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

युनुस सहबाजको आत्मघाती गोलमा नेपालले अग्रता लिएको थियो । तर, ५४ औं मिनेटमा पाकिस्तानका लागि विलाल मोहम्मदले बराबरी गोल फर्काएका थिए । ७२ औं मिनेटमा हुसेन सद्दामले पेनाल्टीमा गोल गर्दै पाकिस्तानले जित हासिल गरेको थियो ।

समूह चरणको सुरुवाती दुई खेलमा नेपाल जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्